काठमाडौँ। शुक्रबार पुनः सुनको मूल्य बढेको छ। बिहीबारको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो।
शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि बढोत्तरी भएर प्रतितोला १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ ।
आइतबारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बुधबार एकैदिन ६ हजार दुई सय रुपैयाँले घटेको थियो । तर, बिहीबार पुनः दुई हजार चार सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको हो ।
गत साउन २३ गते सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको थियो । रसियाले कोभिड १९ विरुद्धको खोप निर्माण गरेको घोषणापछि सुनमा लगानी गर्नबाट टाढीका लगानीकर्ता विश्व स्वस्थ्य संगठनबाट खोपले स्वीकृत नपाएपछि पुनः सुनमै लगानी गर्न हौसिएको व्यवसायीहरुले बताएका छन् ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका