काठमाडौँ। सोमबार सुनको मुल्यमा १३ सयको गिरावट आएको छ। सोमबार प्रतितोला १ लाख २ हजार ४ सय पुगेको छापावाला सुनको मूल्य आज तोलामा १३ सयले कमी आई प्रतितोला १ लाख १ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुनको मूल्य १ लाख १ हजार १ सय कायम भएको छ। पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यमा लामो समयपछि आइतबारबाट गिरावट आएको हो।
त्यस्तै आज प्रतितोला चाँदीमा ४० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ९५ रहेकोमा आज १ हजार ४ सय ३५ रूपैयाँमा पुगेको महासंघले जनाएको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका