काठमाडौँ । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका– १ घर भई नवलपरासी देउचुली नगरपालिका– ४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान बस्ने ३७ वर्षीया यममाया कुमाल रहेका छन्।
रामपुर नगरपालिका(८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा उनीहरूले एक पुरुष र एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएको र पुरुषलाई बोक्सीको आरोप लगाएको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने बुद्धि र यममायालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका