काठमाडौँ। लामो समय लगातार बढेको सुनको मूल्य आइतबार घटेको छ ।
शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३ हजार ५ सय पुगेको सुनको मूल्य आज तोलामा ९ सयले कमी आर्इ प्रतितोला छापावाला सुन १ लाख २ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य १ लाख २ हजार १ सय कायम भएको छ। पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यमा लामो समयपछि आज गिरावट आएको हो ।
त्यस्तै आज प्रतितोला चाँदीमा ५ रुपैयाँले बृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ४ सय ५ रहेकोमा आज मूल्य वृद्धि भर्इ १ हजार ४ सय १० पुगेको महासंघले जनाएको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका