Logo

मंगलवार, आश्विन ६ गते २०८३

मंगलबार सेयर बजारमा सामान्य सुधार, १ अर्ब २९ कराेडकाे कारोबार

मंगलबार सेयर बजारमा सामान्य सुधार, १ अर्ब २९ कराेडकाे कारोबार


मंगलबार सेयर बजारमा सामान्य सुधार, १ अर्ब २९ कराेडकाे कारोबार

काठमाडौँ। साताको तेस्रो दिन मंगलबार सेयर काराेबार‍मा सुधार आएको छ। सोमबार नेप्से परिसुचक ०.५४ प्रतिशत अर्थात ७.५९ अंकले बढेर १ हजार ४ सय ३ दशमलब ८६ विन्दुमा रोकिएको छ।

त्यस्तै ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ०.५० प्रतिशत अर्थात १ दशमलब ४७ अंकले बढेर २ सय ९४ दशमलब २४ विन्दुमा रोकिएको छ।

दिनभर १ सय ९० कम्पनी कारोबारको लागि सूचीकृत भएका छन्। कूल सूचीकृत कम्पनीको १६ हजार ६ सय ६६ पटकको ५३ लाख ४२ हजार ८ सय ५१ कित्ता सेयर खरिद बिक्री भएको छ। जस अनुसार कारोबार रकम १ अर्ब २९ कराेडकाे २५ लाख २ हजार २ सय १३ पुगेको छ।

उपसुचक मापन

बैंकिङ ७.०५, व्यापार ९.४४, होटल ३३.७७, विकाश बैंक ६.२४, निर्जीवन बिमा ४६.७१, उत्पादन तथा प्रशोधन ८.१५, माईक्रोफाइनान्स १५.७३, जीवन बिमा ५८.७४ र अन्य ३.८३ अंकले बढेका छन् भने हाइड्रोपावर ३.५५, फाइनान्स ०.८४ र म्युचुअल फन्ड ०.०६ अंकले घटेका छन्।

आज अजोड इन्स्युरेन्स, आरम्भ माईक्रोफाइनान्स, नेपाल फाइनान्स, नेपाल सेवा लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने दिव्यश्वरी हाइड्रोपावर, यूनियन हाइड्रोपावर, जोशी हाइड्रोपावरका लगानी कर्ताले गुमाएका छन्।

कारोबार रकमका आधारमा आज पनि प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर रु ३४ करोड २९ लाख ६० हजार ५०० मा खरिद बिक्री भयो। त्यस्तै, दोस्रो नेपाल पूर्नबिमा र तेस्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका