Logo

मंगलवार, आश्विन ६ गते २०८३

आर्यघाटबाट बावुको शव प्रहरीको नियन्त्रणमा, हत्याको आशंकामा छोरा पक्राउ

आर्यघाटबाट बावुको शव प्रहरीको नियन्त्रणमा, हत्याको आशंकामा छोरा पक्राउ


आर्यघाटबाट बावुको शव प्रहरीको नियन्त्रणमा, हत्याको आशंकामा छोरा पक्राउ

काठमाडौँ । पशुपति आर्यघाटमा दाहसंस्कार गर्न लगिएको शवलाई प्रहरीले नियन्त्रण्मा लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले कृष्ण नेपालीको शव बरामद गरेको हो ।

छोराले हत्या गरेर दाहसंस्कारका लागि लगिएको सुराक पाएपछि शव नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीले कृष्णका छोरा सन्तोषलाई नियन्त्रणमा लिएको हो ।

कृष्णको शनिबार उपचार गर्ने क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु थियो । बिहीबार राति मदिरा पिएका बावु छोराबीच झगडा भएको थियो ।

झगडामा छोराले बावुलाई कुटेर सुत्न गए । शुक्रबार साँझसम्म बावु नउठेपछि उनले नेपाली सेनामा कार्यरत दाइलाई बावु बिरामी जानकारी गराए । दाइको सल्लाहमा पाटन अस्पताल लगे । पाटनले छाउनी अस्पतालमा रिफर गरिदियो । उनको छाउनीमा मृत्यु भएको हो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका