Logo

मंगलवार, आश्विन ६ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको मूल्य कायमै

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको मूल्य कायमै


पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको मूल्य कायमै

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १.५० रुपैयाँले वृद्धि गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ । नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी हुने गरेको छ । निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ ।

कामना न्यूज

  • आइतवार, श्रावण १८ २०७७०७:१४:०२
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका