Logo

मंगलवार, आश्विन ६ गते २०८३

झण्डै १ लाख पुग्यो सुनको मूल्य, आज पुनः ३ सयले बढ्यो

झण्डै १ लाख पुग्यो सुनको मूल्य, आज पुनः ३ सयले बढ्यो


झण्डै १ लाख पुग्यो सुनको मूल्य, आज पुनः ३ सयले बढ्यो

काठमाडौँ। शुक्रबार पुनः सुनको भाउ बढेको छ । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको हो ।

बढ्दो मूल्यमा हरेक दिन नयाँ कीर्तिमान बनाएको सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबारको सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो।

यस्तै शुक्रबारका लागि तेजावी सुनको कारोबार मूल्य ९८ हजार ८६५ रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सुनको भाउ नेपाली बजारमा पनि उच्च बनेको व्यवसायीहरुले जनाएका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका