Logo

मंगलवार, आश्विन ६ गते २०८३

बसले ठक्कर दिँदा प्रहरी हबल्दारको मृत्यु

बसले ठक्कर दिँदा प्रहरी हबल्दारको मृत्यु


बसले ठक्कर दिँदा प्रहरी हबल्दारको मृत्यु

काठमाडौँ । चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नंको स्कुटरलाई बसले बिहीबार साँझ ठक्कर दिएको थियो । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

कामना न्यूज

  • शुक्रवार, श्रावण १६ २०७७०७:४०:४६
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका