काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। कारोबारको सुरुदेखि नै उतार चढाव भएको बजारमा अन्त्यतिर भने गिरावट भएको हो।
बजार मापन गर्ने नेप्से सूचक २३ दशमलब ३६ अंकले घटेर १ हजार ४ सय ३१ दशमलब ५२ विन्दुमा रोकिएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५ दशमलब १८ अंकले घटेर ३ सय दशमलब ४९ बिन्दुमा रोकिएको छ।
१ सय ८७ कम्पनीको ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता सेयर १ अर्ब ६८ करोड ७० लाख ९३ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
बैंकिङ समूहको उपसूचक २१ दशमलव ७६, विकास बैंक २१ दशमलब ५५, निर्जीबन बीमा समूह १ सय ५९ दशमलब ८७, माइक्रोफाइनान्स ५५ दशमलब ६९, जीवन बीमा समूहको उपसूचक १ सय ९० दशमलब ८२ अंकले घटेको छ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ। पुनर्बीमा कम्पनीको १५ करोड ७१ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ भने दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक रहेका छन्।
यूनियन हाईड्रोपावर, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। यस्तै मिर्मिरे फाइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा जनउत्थान सामुदायिक, ग्लोबल आईएमई लघुवित्त, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका