काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सहयोगी विश्वनाथप्रसाद लोध र स्थानीय महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ ।
जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनलाई एक बैंकको शाखा कार्यालयबाट पक्राउ गरिएको हो ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका