Logo

मंगलवार, आश्विन ६ गते २०८३

दरबारमार्गबाट १५ किलो सुनसहित हतियार बरामद

दरबारमार्गबाट १५ किलो सुनसहित हतियार बरामद


दरबारमार्गबाट १५ किलो सुनसहित हतियार बरामद

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको दरबारमार्गबाट १५ किलो सुन बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौँको टोलीले अवैध रूपमा भित्र्याइएको सुनसहित हतियार बरामद गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला छोडेर भागेको प्रहरीले बताएको छ।

सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको हो।

सुन बरामदबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराइने काठमाडौँ परिसरले जनाएको छ।

सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ। पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ। बरामद सुन आजको बजारमूल्यअनुसार १२ करोड ६३ लाख बराबरको रहेको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका