काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य बुधबार प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो। मंगलबार सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ थियो ।
यसैगरी बुधबार चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँ बढेर १ हजार १ सय ३५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४० रुपैयाँ थियो।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका