Logo

मंगलवार, आश्विन ६ गते २०८३

जापानमा नेपाली युवती हत्या प्रकरण  तीन जना नेपाली पक्राउ

जापानमा नेपाली युवती हत्या प्रकरण  तीन जना नेपाली पक्राउ



२३ भदौ, कामना ।

जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् ।जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् ।

जापानको फुकुओकामा १९ अगस्टमा झापा चन्द्रगढीकी २५ वर्षीया राजवंशी खोलामा मृत अवस्थामा फेला परेकी थिइन् । उनको टाउकोमा प्रहार गरी घाँटीमा डोरीले कसेपछि बरन्डाबाट नदीमा खसालिएको आशंका प्रहरीले गरेको छ ।प्रहरीले पक्राउ परेका तीनै जना अभियुक्तहरूले आरोप स्वीकार वा अस्वीकार गरेको विषय भने सार्वजनिक गरेको छैन ।
अनुसन्धानका क्रममा राजवंशीसँग प्रेम सम्बन्धमा रहेका प्रबिन लामा र पक्राउ परेकी सन्जु एउटै घरमा बस्दै आएको तथ्यसमेत खुलेको छ ।प्रहरीले प्रेम सम्बन्धसँग जोडिएको विवाद घटनाको पृष्ठभूमिमा हुनसक्ने आशंकामा हत्या हुनुअघिको घटनाक्रमबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका