Logo

बिहिवार, आश्विन १ गते २०८३

शताब्दीयताकै शक्तिशाली भूकम्पले भेनेजुएला तहसनहस

शताब्दीयताकै शक्तिशाली भूकम्पले भेनेजुएला तहसनहस


शताब्दीयताकै शक्तिशाली भूकम्पले भेनेजुएला तहसनहस

एजेंन्सी
भेनेजुएलामा एक मिनेटभन्दा कम अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने ९७० भन्दा बढी घाइते भएका छन् । उद्धार कार्य जारी रहेकाले मृतक संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। बुधबार साँझ राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिम मोरोन क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.२ र त्यसको करिब ४० सेकेन्डपछि ७.५ म्याग्निच्युडका दुई भूकम्प गएका थिए । यी भूकम्प सन् १९०० यताकै भेनेजुएलामा रेकर्ड भएका सबैभन्दा शक्तिशालीमध्येका मानिएका छन् ।

Venajuwala.2.PNG
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशका विभिन्न क्षेत्रमा व्यापक क्षति पुगेको जानकारी दिँदै आपत्कालीन अवस्था घोषणा गर्नुभएको छ । राजधानी काराकास र विशेषगरी ला गुएरा राज्यमा दर्जनौं भवन भत्किएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् । उद्धारकर्मी, सेना र स्थानीय बासिन्दा भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा जुटेका छन् । पराकम्पको जोखिम कायम रहेकाले उद्धार अभियान चुनौतीपूर्ण बनेको छ । प्रभावित क्षेत्रमा विद्युत्, सञ्चार र यातायात सेवा अवरुद्ध भएको छ ।


भूकम्पका कारण सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । केही स्थानमा ग्यास आपूर्ति रोकिएको छ भने विद्यालय र गैरआवश्यक सार्वजनिक सेवा स्थगित गरिएका छन् ।

Venajuwala.PNG
अमेरिका, फ्रान्स, स्पेन, ब्राजिल, भारत र चीनलगायत देशहरूले उद्धार टोली, चिकित्सकीय सामग्री तथा मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।विशेषज्ञहरूका अनुसार यो दुर्लभ ‘डबल्ट’ भूकम्प घटना हो, जसमा छोटो अन्तरालमै दुई शक्तिशाली भूकम्प आउँदा क्षति अझ बढ्ने सम्भावना रहन्छ । अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले उच्च मानवीय क्षति र व्यापक भौतिक नोक्सानीको चेतावनी दिएको छ ।
भूकम्पको धक्का भेनेजुएलासँगै कोलम्बिया, ब्राजिल तथा क्यारिबियन क्षेत्रका केही भागमा समेत महसुस गरिएको थियो । प्रारम्भिक मूल्याङ्कनअनुसार ला गुएरा, मिरान्डा, काराबोबो र ट्रुजिलो राज्य सबैभन्दा बढी प्रभावित भएका छन् ।

उद्धार तथा राहत कार्य तीव्र पारिएको भए पनि उपकरण, जनशक्ति र यातायात अवरोधका कारण प्रभावित क्षेत्रमा सहायता पुर्‍याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा बस्न र पराकम्पको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३