आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९३ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा ३ सयले नै घटेर प्रति तोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ८ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका