आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९३ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर तोलाको ९३ हजार ९ सय पुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ९३ हजार ४ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका