काठमाडौँ । कोरोना भाइरसको महामारीको बीचमा पनि थारु समुदायका महिलाहरु बिहानैदेखि निराहर ब्रत बसी झाम्टा नाच नाच्दै गाउँदै जितिया पर्व मनाइरहेका छन्। थारु महिला तथा युवतीहरू विहानैदेखि नुहाई धुवाई बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी यो पर्व मनाउने गर्छन यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा ३ दिन मनाइन्छ।
आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो। सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपवास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ। यसअघि विहान दर खाएपछि महिलाहरु १ ठाउँमा गीत गाउँदै रमाइलो गर्छन।
३ दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु अगुवा महिलाहरू बताउछन। आज अष्टमीको दिन भएकोले महिलाहरू विहानैदेखि ‘उपवास’ ब्रत बसि झम्टा नाँच नाचेर मनाइरहेका छन्। महिलाहरू आफ्नै सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झामटा नृत्यमा झुमेर रम्छन् रमाईलो गर्छन। बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन्।
त्यसपछि सबै ब्रतालु महिला जम्मा भए र कथा श्रवण गर्ने प्रचलन छ। कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन्। त्यसलाई ‘फराहर’ भनिन्छ।
पूर्वी चितवनको खैरहनि, रत्ननगर, कालिका, राप्ती नगरपालिका, पश्चिम चितवनको मेघौली र माडीमा जितियाको रौनक छाएको छ। थारुहरुको बाक्लो बसोबास रहेको पूर्वी चितवन र पश्चिम चितवनको माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ।
पहाडी महिलाहरूले मनाउने तीज जस्तै थारु महिलाहरूको यो पर्वलाई मनाउने गर्छन। जितिया पर्वमा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।
चितवनमा करिव ७४ हजार थारु समुदायको बसोबास भएपनि संरक्षणको अभावको कारण थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेकोले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु सक्रिय भैरहेकाछन्।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३