Logo

बिहिवार, आश्विन १ गते २०८३

मकवानपुरमा भौतिक पूर्वाधारका एक दर्जन योजना

मकवानपुरमा भौतिक पूर्वाधारका एक दर्जन योजना


मकवानपुरमा भौतिक पूर्वाधारका एक दर्जन योजना

काठमाडौँ । मकवानपुर जिल्लाका स्थानीय तहमा खानेपानीलगायत अन्य क्षेत्रको भौतिक पूर्वाधार निर्माणका १ दर्जन योजनामा रू १० करोड ४१ लगानी भएको छ।

जिल्ला समन्वय समितिले जिल्लाका स्थानीय तहका योजना निर्माणमा उक्त रकम गत आर्थिक वर्ष २०७६÷७७ मा लगानी गरेको हो। कार्यालयका अनुसार गाउँपालिका र नगरपालिका तथा उपमहानगरपालिकाद्वारा निर्माण गरिने खानेपानी, स्वास्थ्यचौकी भवन तथा वडा कार्यालय भवन र सामुदायिक भवनलगायत १ दर्जन योजना निर्माणमा लगानी सहयोग गरिएको जनाएको छ। 

जिससले कार्ययोजना बनाएर स्थानीय निकायलाई भवन निर्माण योजनामा ६० प्रतिशत र खानेपानी योजनामा ७५ प्रतिशत लगानी गरेको हो। अन्य लगानी सम्बन्धित निकायले आफैँ गरेको छ। प्राप्त विवरणअनुसार थाहा नगरपालिका– ७ मा बृहत् खानेपानी आयोजनाका लागि रू १ करोड ५० लाख, इन्द्रसरोवर गाउँपालिकाका वडा नं ३, ४ र ५ का वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माणका लागि रू १ करोड तथा मनहरि गाउँपालिकाको मोतीदेवी सभागृहको निर्माणका लागि रू १२ लाख प्रदान गरिएको छ। 

मकवानपुरगढी गाउँपालिकाको बृहत् खानेपानी आयोजनाका लागि रू १ करोड ३५ लाख, राक्सिराङ गाउँपालिकामा छात्रावास निर्माणका लागि रू १ करोड, बकैया गाउँपालिकाको जुरेली बृहत् खानेपानी आयोजनाका लागि रू १ करोड तथा मनहरि गाउँपालिकाका वडा कार्यालय भवन निर्माण गर्न रू १ करोड दिइएको जनाएको छ। हेटौँडा उपमहानगरपालिका– ८ को सामुदायिक भवन निर्माणमा रू ६९ लाख, वडा नं १३ को वडा कार्यालय भवन बनाउनका लागि रू १५ लाख, वडा नं १४ को खानेपानी योजनाका लागि रू २ करोड ४ लाख र वडा नं १२ को वडा कार्यालय भवन निर्माणमा रू ५० लाख दिइएको जिससका प्रमुख रघुनाथ खुलालले जानकारी दिएका छन्।   

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३