Logo

मंगलवार, आश्विन ६ गते २०८३

खानेपानी संस्थानका प्रमुख इन्जिनियर घुुससहित पक्राउ

खानेपानी संस्थानका प्रमुख इन्जिनियर घुुससहित पक्राउ


खानेपानी संस्थानका प्रमुख इन्जिनियर घुुससहित पक्राउ

नेपाल खानेपानी संस्थानको बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुुससहित पक्राउ परेका छन् ।

खानेपानी शाखा कार्यालयका विभिन्न व्यक्तिहरूबाट घुस रकम उठाएर काठमाडौंतर्फ आउँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको हो ।

आइतबार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ८ स्थित खानीखोलाबाट उनी पक्राउ परेका हुन् ।

गाडी चेक जाँच गर्ने क्रममा निजको साथबाट श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकम फेला परेको थियो ।

त्यसलगत्तै शाहलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका