नेकपालाई तल्ला कमिटी निर्माण गर्न किन सकस परिरहेको छ ?
दुईवटा कम्युनिस्ट पार्टी एकीकरण भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र फरक चरित्र बोकेका पार्टी थिए । व्यवस्थित, सुसज्जित र वैचारिक पार्टी नेकपा एमाले थियो भने शसस्त्र विद्रोहबाट नेकपा माओवादी राष्ट्रिय राजनीतिमा फर्केको थियो । एउटा वैचारिक पार्टी र द्वन्द्वबाट उत्प्रेरित भएको पार्टी बीच चरित्र पद्धतिलाई समायोजन गर्न समस्या भएको हो । तत्कालिन एमालेको ९ औँ महाधिवेशनमा देखिएको समूहगत कुराहरूको विचारबाट उठाउन नसक्नु लगायतका कारणले समस्या देखिएको छ । यसकारण पार्टीका तल्ला कमिटी व्यवस्थित हुन नसकेको मेरो बुझाइ छ ।
भर्खर सकिएको नेकपाको बैठकमा समस्याहरूको उठान गर्नु भएन ?
एकीकरण पश्चातको पहिलो बैठकमा उठ्नुपर्ने तमाम विषयहरू सर्वाधिकार सम्पन्न केन्द्रीय सदस्यहरूले आफ्नो मनमा लागेका कुराहरू, विधिले मागेको राष्ट्र र जनतालाई चाहिएका कुराहरू जोडतोडका साथ उठेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले यसलाई सौहार्दपुर्ण तरिकाले लिनु भएको छ । आफूलाई बैठकमा उठेका कुराले घोचेको बताउनु भएपनि यो घोचाइ हाम्रो व्यक्तिगत घोचाइ होइन । राष्ट्र निमार्णको लागि सबैको चिन्तनबाट आएको घोचाइ हो । यी सबै चिन्तनहरूले मूर्त रूप लिएपछि पार्टीभित्रका समस्याहरूको समाधान हुन्छन् । पार्टीको सम्पूर्ण शक्ति लगाएर राष्ट्र निमार्णमा जुट्नु पर्छ ।
महाधिवेशन अगाडि तल्लो कमिटीहरूले पूर्णता पाउने सम्भावना छ ?
कमिटीहरूले पूर्णता नपाई महाधिवेशन नै हुँदैन । कमिटीले पूर्णता पाएपछि मात्र महाधिवेशन हुन्छ । मेरो विचारमा महाधिवेशन अगाडि नै पार्टीले तल्ला कमिटीहरू निर्माण गर्छ ।
नेकपाका नेताहरू राजनीतिक, सांस्कृतिक र नैतिक रूपमा विचलित भएका हुन् ?
नेकपाका सम्पूर्ण नेताहरू विचलित हुनु भएको छैन । विशाल पार्टी भएका कारणले केही नेताहरू विचलित हुँदै भ्रष्टचारमा लिप्त हुनु भएको होला यो कुरा नकार्न सकिँदैन । जनताले बोलेका कुराहरूलाई पार्टीले सुक्ष्म रूपमा अध्ययन गर्नुपर्छ । पार्टीले पनि नेताहरूको सम्पत्ति छानविन गर्ने निर्णय गरेको छ । सार्वजनिक पद धारण गरेका केही व्यक्तिले त्यस्तो गरेका रहेछन् भने सरकार र पार्टी दुवै तर्फबाट छानविन हुनुपर्छ ।
प्रदेश नं. २ मा नेकपामा कमिटीहरूमा धेरै विवाद छ भन्ने सुनिन्छ नि, के हो ?
केन्द्रीय कमिटीको बैठकमा भएको रिपोर्टिङमा सबै प्रदेशमा समस्या रहेको देखिन्छ । तुलनात्मक रुपमा प्रदेश नं. २ मा बढी समस्या देखिएको छ । केन्द्रीय सचिवालयले जारी गरेको सर्कुलर अनुसार तल्ला कमिटीको नेतृत्व चयन गरिएको थियो ।
केन्द्रीय सचिवालयले जारी गरेको नियमावली र निर्देशिकाबाट प्रदेश र जिल्ला कमिटीहरूको नेतृत्व चयन गर्याे । त्यही सर्कुलर नियमावली निर्देशिकाबाट जिल्ला कमिटी, प्रदेश कमिटी तथा विभिन्न जनवर्गीय संगठनहरूको समायोजन र एकीकरणका विधिसमेत तयार गरेका छन् । जुन सर्कुलरबाट तल्लो कमिटीको नेतृत्व चयन गरेको थियो, त्यो मान्य हुने र आफ्नो अनुकुल नहुँदा सर्कुलरअनुसार कमिटीलाई पूर्णता दिन तयार नहुने प्रदेश नंं. २ का सम्पूर्ण कमिटीहरू यसै कारणले पूर्णता पाउँन सकेका छैनन् ।
रामचन्द्र झा र प्रभु शाहको प्रभावले प्रदेश नं. २ को नेकपा प्रताडित छ ?
रामचन्द्र झा, प्रभु शाह र मातृका यादव तत्कालिन नेकपा माओवादी र शत्रुघन महत्तो, सुधीर शाह, रघुविर महासेठ, श्रीप्रसाद शाह लगायतका हामी सबै प्रदेश नं. २ मा सक्रिय छौँ । विधि प्रक्रिया बनीसकेपछि नेतृत्वबाट त्यसलाई नस्वीकार्नु गलत नियत हो । विधि प्रक्रियालाई नमान्ने नेतालाई कारबाही हुनुपर्छ । यो नै अहिले प्रदेश नं. २ नेकपाको नेता कार्यकर्ताको माग र एजेन्डा हो ।
विधि प्रक्रियालाई नमान्ने समस्या पहिलेदेखि नै नेकपामा थियो कि भर्खर सिर्जना भएको हो ?
नेकपाको नेताको हैसियतमा भन्नुपर्दा पहिला पनि थियो । र जटिल समस्याको रुममा थिएन । अहिले यो समस्या जटिल भएको छ । पार्टी एकीकरण पश्चात यो भयङ्कर रूप लिएर देखा परेको छ ।
कामना न्यूजकर्मी उज्ज्वल कडरियासँगको कुराकानीको सम्पादित अंश
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३