Logo

आइतवार, आश्विन १८ गते २०८३

अ

पृथ्वी राजमार्ग बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म बन्द गरिने

पृथ्वी राजमार्ग बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म बन्द गरिने


पृथ्वी राजमार्ग बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म बन्द गरिने

८ असोज, कामना । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार राति (असोज ८) ८ बजेदेखि शुक्रबार बिहान (असोज ९) ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । 

कार्यालयले बिहीबार सूचना जारी गर्दै उक्त समयमा पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको हो ।

हाल मौसममा आएको परिवर्तनका कारण धादिङ जिल्ला र आसपासका क्षेत्रमा हाल निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको कार्यालयले जनाएको छ । 

यसबाट बाढी, पहिरो, डुबान लगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय भएको कार्यालयले स्पष्ट पारेको छ ।

“यात्रु तथा सवारीसाधन चालकहरूले मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ ।

dhading_prasa-1790239944.jpg
 

कामना न्यूज

  • बिहिवार, आश्विन ८ २०८३०२:५६:२३
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ