Logo

बुधवार, भाद्र १० गते २०८३

सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान बीच सहमति

सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान बीच सहमति



५ भदौ,कामना ।

नेपाल सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति भएको छ ।शनिबार सम्पन्न वार्ताबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महाअभियानबीच १४ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सहसचिव लिलाधर सुवेदी र प्रसाईँ समूहका तर्फबाट विष्णु बोहरा क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारबाटै अन्त्य गर्ने निर्णय भएको छ ।
सहमतिपछि ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको दुवै पक्षले जनाएका छन् ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण