३१ साउन,कामना ।
नेपाल आयल निगमले काठमाडौँका ७ स्थानबाट ग्यास बिक्री गर्ने भएको छ । आयल निगमको समन्वयमा आइतबार उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने ग्यास एलपी ग्यास बिक्री गर्न लागिएको हो ।
निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।
आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुने स्थानहरूमा टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी रहेका छन् । निगमले ती स्थानमा विभिन्न ग्यास उद्योगबाट सिलिन्डर उपलब्ध गराइने जनाएको छ ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३