२३ असार काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा पूरक परीक्षा कक्षा १० (एसईई) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।
असार १ देखि ९ गतेसम्म सञ्चालित परीक्षामा आवेदन भर्न योग्य एक लाख ४६ हजार ५०७ परीक्षार्थी मध्ये एक लाख २९ हजार ११४ जना सहभागी भएको बोर्डले जनाएको छ ।
सहभागीमध्ये तीन हजार ८३ हजार ५२३ जना अर्थात् ६४।६ प्रतिशत वर्गीकृत भएको बोर्डले जनाएको छ ।
बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न, उत्तरपुस्तिका हेर्न र पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था रहेको जनाएको छ । पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको बोर्डको भनाइ छ । पुनर्योगका लागि असार २५ गतेदेखि ३१ गतेसम्मको समय निर्धारण गरिएको छ ।


काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३