Logo

सोमवार, आश्विन २६ गते २०८३

अ

‘लफंगा’ पाराले संविधान संशोधन हुन सक्दैन: गगन थापा

‘लफंगा’ पाराले संविधान संशोधन हुन सक्दैन: गगन थापा


‘लफंगा’ पाराले संविधान संशोधन हुन सक्दैन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै ‘लफंगा’ पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

उनले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सुक्ष्म पक्षलाई हलुका रूपमा लिइरहेको टिप्पणी गरे । संविधान संशोधन र पुनरवलोकन आवश्यक भए पनि हतार, हचुवा र गैरजिम्मेवार शैलीमा अघि नबढाउन सरकारलाई चेतावनी समेत दिए । थापाले संविधान संशोधनमार्फत राज्यका संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

"संविधान संशोधन र पुनरवलोकन एकदमै गर्नुपर्नेछ । तर, यस्तो हचुवा पाराले होइन । यहाँ त एकैछिनमा आगो बल्छ । अधिकारको विषय त्यतिबेलासम्म मात्र गौण हुन्छ जतिबेलासम्म अधिकार प्राप्त भइरहेको हुन्छ । तर, यदि अधिकारको विषय चलाइयो भने त्यसपछि सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही बन्छ," उनले भने, "यी विषयमा हल्का पाराले, अझ म त भन्छु ‘लफंगा’ पाराले जे मन लाग्यो त्यही बोलिदिएको छ, जे मन लाग्यो त्यही गरिदिएको छ । यो गम्भीर चिन्ताको विषय हो ।"

संविधानमा भएका भाषा, जाति र विविधताको विषयमा छेड्खानी भए मुलुकमा द्वन्द्वको आगो फैलिनेतर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ छ ।

न्युज एजेन्सी नेपाल 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ