अलैँची खेतीका लागि समुन्दी सतहदेखि ६–७ यस मिटरदेखि २१–२२ सय मिटरसम्म उपयुक्त मान्ने गरिएको छ भने ७–८ सेन्टीग्रेटदेखि १९–२० सेन्टीगेट ताप क्रम उपयुक्त हुन्छ । जे होस्, नेपालका पहाडी तथा हिमाली भूभाग भएका जिल्लाहरु ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, गोरखा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, कास्की, लमजुङ, पर्वत, स्याङ्जमा, बागलुङ, सल्यान, अछाम दैलेख लगायत लगभग ४२ जिल्लामा अलैँचीको खेती भई रहेको छ । त्यसो भए तापनि नेपालमा अलैँची खेती हुने प्रमुख जिल्ला चाहिँ ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा रहेका छन् । हालसम्म नेपालमा प्रमुख तीन जातका अलैँची उत्पादन भई रहेको थियो । पछिल्लो पटक अरु दुई जातको अलैँची विकास गरेर पाँच जातको अलैँची खेती गर्न भनी नेपाली किसानहरुलाई सिफारिस गरेको छ, इलामको फिक्कलमा रहेको ‘अलैँची विकास केन्द्र फिक्कल’ ले ।
नेपालको भूगोल विश्व कयौं देशसँग तुलना गरेर हेर्दा धेरै सानो छ भन्दा फरक पर्दैन । किनभने भूगोलविदहरुका अनुसार नेपालले विश्वको भूगोलको शून्य दशमल शून्य एक (०.०१) प्रतिशत मात्रै ओगटेको छ । त्यसो भए तापनि नेपाल हरेक क्षेत्र, हरेक चिजबिच र हरेक साधन–स्रोतहरुमा विश्वका कयौं देशहरुभन्दा धनी रहेको छ । त्यसमा पनि प्राकृतिक स्रोतहरु जस्तै वनस्पति, जडीबुटी, वन–जंगल, प्राकृतिक रुपमै रहेको हरियाली वन–जंगलका सवालमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन । जस्तो कि नेपालले विश्वको भूगोलको शून्य दशमल शून्य एक (०.०१) प्रतिशत मात्रै ओगटेको भए तापनि विश्वमा पूmल फुल्ने बिरुवाहरुमध्ये दुइ दशमलब दुइ (२.२) प्रतिशत हाम्रो देश नेपालमा पाईन्छ । स्रोतः ‘नेपाल नखुलेका पाटाहरु’ नामक किताबमा डा. तीर्थबहादुर श्रेष्ठले लेख्नू भएको ‘कमलो पहाड, दुर्बल वासिन्दा’ शीर्षकको लेख ।
त्यस्तै गरेर हाम्रो देशमा हजारौं प्रकार जडीबुडी जन्य वनस्पती, भ्याउ, लेउ, बुट्यान, लहरा, ठूलठूला रुख जस्तै वर, पिपल, खयर, शमी आदि पाईन्छ । नेपालमा हुने वा भनौं गरिने धेरै प्रकारका नगदे बालीहरुमध्ये चिराइतो, अलैचीं, अम्रिसो आदि प्रमुख रहेका छन् । यस्तै यहाँ नगदे बाली अलैँचीका बारेमा केही लेख्दै छु । केही समयअघि आएको एक तथ्यांकअनुसार आर्थिक वर्ष २०७३–०७४ मा नेपालका अलैँची किसानहरुले १२ हजार ८४७ मेट्रिक टन अलैँची उत्पादन गरेका थिए । दुनबहाुदुर बुढाथोकीको सोही लेखमा उल्लेख भएअनुसार सन् २०१६ मा विश्व बजारमा निर्यात भएको अलैँचीको कुल अंशमा वा भनौं भागमा नेपाल एक्लैको ६८ प्रतिशत भाग रहेको थियो । त्यसपछि भारतको २२ प्रतिशत अंश रहेको थियो भने, भुटानको चाहिँ ९ प्रतिशत अंश मात्रै रहेको थियो । हुनत सुकमेललाई पनि अंग्रेजी भाषामा ‘कार्डामोम’ नै भनिन्छ, जसरी अलैंचीलाई ‘कार्डामोम’ भन्ने गरिन्छ ।
त्यस्तै अलैँचीलाई वैज्ञानिकहरुले दिएको नाम चाहिँ ‘इलेटेरिया कार्डामम–काडाम’ हो भने गाउँघरमा चलेको भाषामा चाहिँ ‘खोल्से सुन !’ हो । स्मरण रहोस्, अहिलेसम्म नेपाल, भुटान, भारत, श्रीलंका, मलेसिया र ग्वाटेमाला भन्ने देशमा मात्रै अलैँची खेती भई रहेको जानकारी रहेको छ । मेरो भनाइको मतलब हाल नेपाल, भुटान, भारत, श्रीलंका, मलेसिया र ग्वाटेमाला नामक देशका किसानहरुले जुन अलैँची खेती गर्ने विश्व बजारमा बिक्री–विरत गर्ने काम भई रहेकोछ, त्यो अलैँचीलाई ठूलो र कालो अलैँची अर्थात् ‘बिग एन्ड ब्ल्याक कार्डामोम’ भनिन्छ । विश्वमा कहिले र कहाँदेखि ठूलो र कालो अलैँची अर्थात् ‘बिग एन्ड ब्ल्याक कार्डामोम’ को व्यवसायीक खेती गर्न सुरु गरियो ? थाहा नभए तापनि नेपालमा चाहिँ सर्व प्रथम तत्कालीन सिक्किम देश (हाल भारत देशमाको एक राज्य) बाट ल्याएर अलैँची खेती सुरु गरिएको भन्ने भनाइ रहेको छ ।
त्यसो त ‘अलैँची’ मात्रै यस्तो एक नगदे बाली हो, जुन खेती गर्दा किसानले धेरै मेहनत नगरी र पसिना नबगाईकन सजिलैसँग धेरै भन्दा धेरै आमदानी गर्न सक्छन्, फाइदा लिन सक्छन् । तर त्यसका लागि केही सेपिलो, चिस्यान र मलिलो माटो भएको जग्गा हुनु चाहिँ जरुरी हुन्छ । अझ त्यसमा पनि उत्तिस जातको रुख मुनि ‘अलैँची’को बिरुवा छिटो हुर्कन्छ, राम्रोसँग सप्रिन्छ । त्यसो त विगतका दिनमा (२५–२६ वर्षअघि) पनि नेपाली ‘अलैँची’ खेती गर्ने किसानले अलैँचीबाट धेरै राम्रो आमदानी गर्ने गरेका थिए । तर बीचमा भने अलैँची खेती गर्ने किसानहरुले खासै आर्थिक लाभ लिन सकेका थिएनन् । त्यसो हुनुमा एक त ‘अलैँची’को बोट नै ओईलिने, सुकेर जाने र बोट नै मर्नेसम्म भयो भने त्यही वेला भाऊ घटेर गटेर गयो । कल्पनै गर्न नसकिने गरी नेपाली अलैँचीको भाउ घटेर प्रति मन (४० किलो) को ११– १२ हजार देखि बढीमा १४–१५ हजार मात्रै पाउने स्सिथति बन्यो । नेपाली अलैँची किसानहरुले अलैँचीको अझ बढी भाउ पाएमा १७–१८ हजार रुपैयाँसम्म पाउने स्थिति अथवा भनौं बेच्नु परेको दुःखद र निराश लाग्दो अवस्था पनि आई परेको थियो ।
खासमा सुरुका दिन (वर्षमा) मा नेपालका पूर्वी भेगका किसानहरुले धेरै राम्रो आमदानी गरेको देखेपछि नेपालका पहाडी क्षेत्रका प्रायः सबै क्षेत्रका, खास गरी मध्य, पश्चिम र मध्यपश्चिमसम्मका किसानहरुले पनि अलैँची खेतीमा हात हाले । यसरी हेर्दा धेरै लामो समयसम्म नेपालको पूर्वी भागमा मात्रै सीमित रहेको अलैँची खेती नेपालको मध्य, पश्चिम र मध्यपश्चिमसम्म पैmलियो, विस्तार भयो । तर बीचको समयमा भने अलैँची खेती गर्ने किसानहरुले खासै आर्थिक लाभ लिन , सकेनन् सकेका थिएनन् भन्ने कुरो माथि उल्लेख भएकै छ । त्यसमाथि बीचको समय (१२–१५ देखि) अलैँचीमा अनेक खाले रोग लाग्न थाल्यो । जस्तै बोट नै सुक्ने, फुल नफुल्ने, फल नलाग्ने, अलैचीँको बोट मर्ने रोगले अलैँची खेती गर्ने किसानहरु हतोत्साही भए ।
नेपालमा कहाँ र कस्तो ठाउँमा ‘अलैँची’को खेती हुन्छ ? भनी माथि नै समग्रमा लेखिएको छ । जस्तो कि, समुन्द्र सतहदेखि सात–६–७ यस मिटरदेखि २१–२२ सय मिटरसम्म अलैँची खेतीका लागि उपयुक्त मान्ने गरिएको छ भने ७–८ सेन्टीग्रेटदेखि १९–२० सेन्टीग्रेट ताप क्रम उपयुक्त हुन्छ । त्यसो भइ तापनि नेपालका पहाडी तथा हिमाली भूभाग भएका ८–९ सय मिटरदेखि सय मिटरको उचाइदेखि १५–१६–१७ सय मिटरको उचाइसम्ममा अलि राम्रो उत्पादन गर्न सकिन्छ, अलैँची । जे भए तापनि विगत लामो समयदेखि नेपालको पूर्वी भेग जस्तै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा आदि जिल्लामा नगदे बालीका रुपमका अलैँची खेतीबाट किसानहरुले राम्रो आमदानी गर्दै आएका थिए, छन् । अहिले आएर भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, बाजुरा, दैलेख, बैतडी लगायत पश्चिम तथा सुदूर पश्चिमका जिल्लाहरुमा पनि अलैँची खेतीका लागि बिरुवा सार्ने, रोप्ने क्रम सुरु भएको छ, भई रहेको छ ।
‘बिग ब्ल्याक कार्डामोम’ पनि भनिने ठूलो अलैँचीको महत्व कति छ भन्ने त गएको केही वर्ष अघिदेखि चीन, मध्यपूर्वका खाडी देशहरु, युरोप महादेशका देशहरु, उत्तर अमेरिकी महादेशका देशहरु, दक्षिण अमेरिकी महादेशका देशहरु एवम् अफ्रिका महादेशका देशहरुमा समेत बढ्दो क्रममा यसको निकासी हुन थालेको पनि देखाउँछ नै । तर, हामी नेपालीहरुका लागि अलैँची किासीमा मुल समस्या भनेको भारतीय व्यापारीहरु र भारत सरकारले नेपालमा उत्पादन भएका अलैँचीलाई आपूmले मात्रै किन्ने र त्यही अलैँची फेरि आपूmले ब्रान्डिङ गरेर अरु देशलाई आप्mनो देशको उत्पादन भनी बेच्ने गरेको छ । जुन काम सरासर गलत हो । त्यसैले यस्तो कामलाई तत्कालै रोक्न र नेपाल आपैले आप्नै ढंगले हामीले उत्पादन गरेको अलैँचीको ब्रान्डिङ गर्नेतर्पm नेपाल सरकार र सम्बन्धित निकायले कदम चालिहाल्नुपर्ने देखिन्छ ।
ninamkirat123@gmail.com
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ