Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

बैंकका सिइओलाई राष्ट्र बैंकको गभर्नर बन्न रोक 

बैंकका सिइओलाई राष्ट्र बैंकको गभर्नर बन्न रोक 


बैंकका सिइओलाई राष्ट्र बैंकको गभर्नर बन्न रोक 

२० जेठ, काठमाडौं ।
वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राष्ट्र बैंकको गभर्नर बन्न रोक लगाउने तयारी गरिएको छ । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ मा गर्न लागिएको तेस्रो संशोधनमार्फत यस्तो व्यवस्था गर्ने तयारी गरिएको छ । सरकारले ‘राष्ट्र बैंक ऐन, २०५८’ संशोधनका लागि जेठ ११ गते नै प्रतिनिधि सभामा ‘नेपाल राष्ट्र बैंक विधेयक २०८३’ प्रस्तुत गरेको छ । 

उक्त विधेयकले विभिन्न कार्य क्षेत्र तोकेर कार्यअनुभव हासिल गरेका व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ । तर, गभर्नर नियुक्तिका लागि तय गरिएको कार्यअनुभवको व्याख्याबाट वाणिज्य बैंकहरुका कार्यकारी प्रमुखलाई हटाएको छ । योसँगै अब नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक गभर्नर बन्न सक्नेगरी विधेयकमा स्पष्ट खुलाइएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ