Logo

बुधवार, भाद्र १० गते २०८३

गृहमन्त्री सुधन गुरुङको राजीनामा  

गृहमन्त्री सुधन गुरुङको राजीनामा  


गृहमन्त्री सुधन गुरुङको राजीनामा  

 

९ वैशाख, काठमाडौं ।

विवादित व्यवसायी दीपक भट्टको कम्पनीमा सेयर देखिएपछि विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।

राजीनामा दिँदै उनले लेखेका छन्, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो कुरा नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषय निष्पक्ष छानबिन होस् ।’
२६ दिने कार्यकालमा उनी आक्रामक रूपमा प्रस्तुत भए । प्रतिक्रियामा उनीमाथि पनि प्रश्नहरू खनिए । छानबिनका लागि नैतिकता देखाएको भन्दै उनले राजीनामा दिँदै केही प्रतिप्रश्नहरू पनि छाडेर गएका छन् ।

‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुनेगरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले लेखेका छन्, ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। ‘ रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’

 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण