२४ चैत,काठमाडौँ ।
यसअघिको सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त गरेका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन भनिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।
उनका अनुसार भारतका लागि राजदूत डा.शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई फिर्ता बोलाइएको हो।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न देशका ११ जना राजदूत फिर्ता बोलाएको थियो। तर राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त भएकाहरूलाई फिर्ता बोलाइएको थिएन।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ६ देशका राजदूतलाई फिर्ता बोलाइएको पुष्टि गरेका छन्।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ