Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

सेयर कारोबार शनिबार र आइतबार बन्द

सेयर कारोबार शनिबार र आइतबार बन्द


सेयर कारोबार शनिबार र आइतबार बन्द


२३ चैत,काठमाडौँ ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएसँगै शुक्रबार पनि सेयर कारोबार खुल्ने भएको छ । 
आइतबार बेलुका बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईले जानकारी दिए । 
  उनका अनुसार सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले नेप्सेले पनि सोहीअनुसार शुक्रबार सेयर कारोबार खोल्ने निर्णय गरेको हो । 
सिईओ चापागाईंले यो निर्णय यही सातादेखि लागू हुने बताए । सेयर कारोबार अब आइतबार भने सेयर बजार बन्द रहने बताए । आइतबारको साटो शुक्रबार बजार खोल्ने निर्णय भए पनि कारोबार समय भने ११ बजेदेखि ३ बजेसम्म नै यथावत् राखिएको उनको भनाई छ ।  यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ