Logo

बिहिवार, आश्विन २९ गते २०८३

अ

सभामुख डीपी अर्यालको शपथ ग्रहण आजै हुने 

सभामुख डीपी अर्यालको शपथ ग्रहण आजै हुने 


सभामुख डीपी अर्यालको शपथ ग्रहण आजै हुने 


२२ चैत,काठमाडौं ।

सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ  ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।
गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।  त्यसअनुसार प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।
प्रतिनिधि सभाको अर्को बैठक चैत २३ गते १ बजे बोलाइएको छ ।
अबदेखि अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ