Logo

बुधवार, भाद्र १० गते २०८३

केपी शर्मा ओली र रमेश लेखक थप २ दिन हिरासतमा रहने

केपी शर्मा ओली र रमेश लेखक थप २ दिन हिरासतमा रहने


केपी शर्मा ओली र रमेश लेखक थप २ दिन हिरासतमा रहने

 

१९ चैत, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखक विरुद्ध अनुसन्धानका लागि थप दुई दिन म्याद दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले उक्त आदेश गरेको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री ओलीमाथि जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिनिधिको आधारमा वर्तमान सरकारले उनलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।भने गृहमन्त्रीको हैसियतमा लेखकको भूमिकामाथि प्रश्न उठाउँदै जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।लेखक पनी  चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण