काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाविरुद्ध अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।
विभागले पूर्व प्रधानमन्त्री समेत रहेका देउवासहित उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवा र उनको पूरै परिवारविरुद्ध अनुसन्धान सुरु गरेको हो । विभागले प्रमाण नष्ट हुन सक्ने भन्दै उनको घर भत्काउन रोक लगाएको छ ।
जेन–जी आन्दोलनको क्रममा आगजनी र तोडफोड गरिएको देउवाको बुढानीलकण्डसिथत घर केही दिनअघिदेखि भत्काउन सुरु गरिएको थियो । घर पुनर्निर्माणका लागि भत्काइएको बताइएको थियो ।
गृह एवं नेपाल प्रहरी सम्वद्ध स्रोतका अनुसार, पछिल्लो एक(डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिव ७३ रोपनी जग्गाको विवरणहरु संकलन भएको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण