Logo

बुधवार, कार्तिक १९ गते २०८३

अ

मतपत्र भन्दा भारी "प्लिज"

मतपत्र भन्दा भारी "प्लिज"

  • 2.5K
    SHARES

  • मतपत्र भन्दा भारी   "प्लिज"

     

    हामी प्रायः निर्धक्क भएर भन्छौँ राजनीति त ठूला मान्छेको कुरा हो, बालबालिकाले बुझ्दैनन्। उनीहरूको संसार खेल, पढाइ र सपना वरिपरि घुम्छ; राजनीति त अनुभव, उमेर र जिम्मेवारीले मात्रै बुझिने विषय हो भन्ने हाम्रो मान्यता रहँदै आएको छ। तर पछिल्लो समय नेपाली समाजका घरघरमा देखिन थालेको एउटा सानो तर गहिरो दृश्यले यो सोचलाई गम्भीर रूपमा चुनौती दिइरहेको छ। चुनावको माहोल छ। घरका अभिभावकहरू आफ्नो राजनीतिक रोजाइ पहिल्यै तय गरिसकेका छन, कसैका लागि सूर्य, रुख, तारा त  कसैका लागि अन्य…………….। तर त्यही घरका बालबालिका उत्साह, आत्मविश्वास र स्पष्टताका साथ भन्छन्, “घण्टीमा भोट हाल्नु है।”

    त्यो आग्रह कुनै राजनीतिक भाषण होइन। न त त्यसमा डरधम्की छ, न कुनै लाभ हानिको गणित। त्यो त केवल एउटा 'प्लिज' हो  निर्दोष, भावनात्मक र प्रत्यक्ष। तर त्यो सानो प्लिज ले अभिभावकको मनभित्र ठूलो द्वन्द्व पैदा गर्दैछ।यहीँबाट एउटा गम्भीर प्रश्न सुरु हुन्छ हामी, अभिभावकहरू, आफ्ना छोराछोरीलाई नाइँ भन्न सक्छौँ त ?

    हामी सधैँ भन्छौँ, छोराछोरीलाई माया दिनुपर्छ, समय दिनुपर्छ, उनीहरूको कुरा सुन्नुपर्छ। उनीहरूले केही माग्दा बेवास्ता गर्नु हुँदैन। उनीहरूलाई आत्मविश्वासी बनाउने हो भने, उनीहरूको विचारको कदर गर्नुपर्छ। तर जब त्यो माग राजनीतिक निर्णयसँग जोडिन्छ, स्थिति अचानक जटिल बन्छ। मतदान त व्यक्तिगत अधिकार हो, विवेकको विषय हो भनेर हामीले नै सिकाएका हौँ। लोकतन्त्रको मूल्य भनेकै स्वतन्त्र निर्णय हो भनेर पाठ पढाएका हौँ। तर जब आफ्नै बच्चाले आशाभरि आँखाले हेरेर आग्रह गर्छ, त्यो ‘व्यक्तिगत विवेक क्रमशः सामाजिक दबाबमा बदलिन थाल्छ।

    यो अवस्था केवल साधारण राजनीतिक प्रभाव मात्र होइन। समाजशास्त्रीय दृष्टिले हेर्दा, यो उल्टो राजनीतिक समाजीकरण (Reverse political socialization) को स्पष्ट उदाहरण हो। परम्परागत रूपमा हामी मान्छौँ  राजनीतिक मूल्य, विचारधारा र व्यवहार अभिभावकबाट सन्तान तर्फ सर्दछ। बच्चाले बाबुआमाको पार्टी रोजाइ सिक्छ, नेताको नाम थाहा पाउँछ, झण्डा चिन्छ। तर अहिलेको पुस्तामा त्यो दिशा उल्टिएको देखिन्छ। विद्यालय, सामाजिक सञ्जाल, युट्युब, टिकटक, समाचार क्लिप र साथीहरूको छलफलबाट बालबालिकाले आफ्नै राजनीतिक चेतना बनाइरहेका छन्। उनीहरूले त्यो चेतना घरभित्र ल्याइरहेका छन् र अभिभावकलाई प्रश्न गरिरहेका छन्। उनीहरू अब केवल सिक्ने पात्र होइनन्; उनीहरू सिकाउने पात्र बन्दैछन्।

    कसैले परिवर्तन गर्न नसकेकालाई आफ्ना छोराछोरी परिवर्तन गराउदछन भन्ने आमाको भनाइ आज राजनीतिक सन्दर्भमा पनि अर्थपूर्ण देखिन्छ। बच्चाले जब घण्टी को कुरा गर्छ, उसले केवल एउटा चुनाव चिन्हको समर्थन गरिरहेको हुँदैन। उसले परिवर्तन, इमानदारी, नयाँपन र ‘पुरानै नेताबाट दिक्क भएको सामूहिक भावनाको प्रतिनिधित्व गरिरहेको हुन्छ। त्यो भावना समाजले बनाएको हो, तर त्यसको अभिव्यक्ति बच्चाबाट आएको हो। यही कारण त्यो आवाज झन् प्रभावशाली बन्छ, झन् नैतिक देखिन्छ, र झन् अस्वीकार गर्न गाह्रो हुन्छ।

    समाजशास्त्रले स्पष्ट भन्छ व्यक्ति समाजबाट पूर्ण रूपमा स्वतन्त्र हुँदैन। हामीले स्वतन्त्र निर्णय गरिरहेको जस्तो देखिए पनि, त्यो निर्णय सामाजिक सम्बन्ध, मूल्य र अपेक्षाले घेरिएको हुन्छ। मतदान जस्तो अत्यन्त व्यक्तिगत देखिने निर्णय पनि वस्तुतः एकसामाजिक तथ्य (social fact) हो। परिवार, भावना, नैतिकता, कर्तव्यबोध र सम्बन्धहरूले त्यसलाई आकार दिन्छन्। जब बच्चाले प्लिज भन्छ, त्यो केवल भावनात्मक आग्रह होइन; त्यो एउटा सामाजिक दबाब हो, जसलाई नजरअन्दाज गर्नु सजिलो नहुन सक्छ। हामी समाजमा असल अभिभावक बन्न चाहन्छौँ सुन्ने, बुझ्ने, साथ दिने। यही चाहनाले हाम्रो मतदान निर्णय हल्लिन सक्छ।

    अझ रोचक कुरा के छ भने, धेरै अभिभावकलाई बच्चाले भनेको कुरा गलत लाग्दैन। बरु कतिपयलाई लाग्छ हुन पनि, हामीले सधैँ पुरानैलाई भोट हाल्यौँ, के परिवर्तन आयो र? यसरी बच्चाको आग्रहले भित्रैदेखि दबिएको असन्तोषलाई बाहिर ल्याइदिन्छ। समाजशास्त्रीय रूपमा यो केवल पुस्तान्तरण होइन; यो पुस्ताबीचको संवाद हो, जहाँ शक्ति सम्बन्ध उल्टिएको छ। निर्णय गर्ने शक्ति बिस्तारै तलतिर सर्दैछ।

    यही प्रक्रिया हामीले वातावरणीय व्यवहारमा पहिल्यै देखिसकेका छौँ। बालबालिकाले घरमा प्लास्टिक नफाल्न आग्रह गर्छन्, बत्ती निभाउन भन्छन्, पानी बचाउन सिकाउँछन्, रूख रोप्न दबाब दिन्छन्। धेरै अभिभावकहरूले आफ्नो व्यवहार बदलेका छन्। त्यसैले ‘Reverse socialization’ कुनै नयाँ वा अस्वाभाविक प्रक्रिया होइन। राजनीति मात्रै ढिलो प्रवेश गरेको क्षेत्र हो। अब त्यो पनि यस प्रक्रियाबाट अछुतो छैन।

    तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ , के हामी भावनाको आधारमा मतदान गर्दैछौँ? के यो लोकतन्त्रको कमजोरी हो? समाजशास्त्रीय दृष्टिले हेर्दा, लोकतन्त्र केवल तर्कको खेल होइन। यो भावना, सम्बन्ध, भरोसा र सामाजिक प्रभावको पनि परिणाम हो। बच्चाको आग्रहले अभिभावकलाई सोच्न बाध्य बनाउँछ भने, त्यो केवल दबाब होइन; त्यो नयाँ राजनीतिक संस्कृतिको संकेत पनि हुन सक्छ जहाँ राजनीति घरको बैठक कोठामा छलफलको विषय बन्छ, लुकाएर होइन, खुलेर।

    अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि यस्तै प्रवृत्ति देखाएका छन्, जहाँ बच्चाहरूले अभिभावकको मतदान व्यवहार, राजनीतिक सहभागिता वा विचारलाई प्रभाव पार्दछ।

    संयुक्त राज्य अमेरिका (USA) मा "trickle-up political socialization" को अध्ययनहरूले देखाए अनुसार युवा वा किशोरहरूले मतदान गरेपछि उनका अभिभावक (विशेष गरी आमा) को मतदान गर्ने सम्भावना बढ्छ। उदाहरणका लागि, Sandra Day O’Connor Institute को एक अध्ययन अनुसार पहिलो पटक मतदान गर्ने किशोरहरूका आमाहरू अर्को चुनावमा बढी मतदान गर्छन्। यो प्रभाव विशेष गरी non-white र कम आय भएका परिवारमा बलियो देखिन्छ। यसले देखाउँछ कि बच्चाको civic engagement ले अभिभावकलाई पनि सक्रिय बनाउँछ, जस्तै नेपालमा बच्चाको "प्लिज" ले अभिभावकको मन हल्लाउँछ।

    डेनमार्क को एक causal study (regression discontinuity design) ले प्रमाणित गरेको छ कि छोराछोरीले मतदान गर्न थालेपछि अभिभावकहरूको मतदान दर औसतमा २.८ प्रतिशत ले बढ्छ। यो प्रभाव तब मात्र देखिन्छ जब बच्चा घरमा नै बसिरहेको हुन्छ, जसले परिवारभित्रको दैनिक अन्तर्क्रिया र भावनात्मक दबाबलाई जोड दिन्छ।ठ्याक्कै यस लेखमा वर्णन गरिएजस्तै द्वन्द्व र "प्लिज" को प्रभाव।

    Kids Voting USA जस्ता कार्यक्रमहरूले बच्चाहरूलाई mock election मा भाग लिन लगाउँदा परिवारमा राजनीतिक छलफल बढ्छ र अभिभावकहरूको मतदान दर ५% सम्म बढेको पाइएको छ। यो reverse socialization को व्यावहारिक उदाहरण हो, जसले बच्चालाई "सिक्ने" बाट "सिकाउने" भूमिकामा पुर्‍याउँछ।

    युरोप र अमेरिका का अध्ययनहरूमा पनि "active political parenting" देखिन्छ, जहाँ बच्चाको राजनीतिक जागरण (जस्तै युद्ध विरोध वा समाचार हेर्ने बानी) ले अभिभावकलाई बढी राजनीतिक रूपमा सक्रिय बनाउँछ। यो विशेष गरी immigrant परिवारहरूमा बलियो हुन्छ, जहाँ बच्चाहरूले नयाँ सन्दर्भबाट सिकेर अभिभावकलाई प्रभाव पार्छन्।

    यी उदाहरणहरूले देखाउँछन् कि नेपालको यो "घण्टी प्लिज" को घटना कुनै स्थानीय मात्र होइन, यो डिजिटल युग, सामाजिक सञ्जाल र विद्यालय शिक्षाको प्रभावले विश्वभरि फैलिएको reverse socialization को हिस्सा हो।

    यो विषयसँग जोडिएका केही दार्शनिक तथा विचारकहरूका भनाइहरूले पनि बच्चाहरूले वयस्कहरूलाई सिकाउने र प्रभाव पार्ने कुरालाई जोड दिन्छन।

    पाउलो कोएल्हो (Paulo Coelho): "A child can teach an adult three things: to be happy for no reason, to always be busy with something, and to know how to demand with all his might that which he desires." यो भनाइले बच्चाको निर्दोष तर दृढ आग्रह ("प्लिज") ले अभिभावकको मन कसरी हल्लाउँछ भन्ने कुरालाई सुन्दर ढंगले व्यक्त गर्छ।

    मार्गरेट मीड (Margaret Mead): "The young, free to act on their initiative, can lead their elders in the direction of the unknown… The children, the young, must ask the questions that we would never think to ask." यो भनाइले ठ्याक्कै reverse socialization लाई प्रतिबिम्बित गर्छ, बच्चाहरूले नयाँ प्रश्न सोधेर र दिशा देखाएर वयस्कहरूलाई परिवर्तनतर्फ लैजान सक्छन्।

    फ्रेडरिक डग्लास (Frederick Douglass): "It is easier to build strong children than to repair broken adults." यो भनाइले बच्चाहरूमा लगानी गर्नु किन महत्त्वपूर्ण छ भन्ने देखाउँछ, तर लेखको सन्दर्भमा यसको बिपरित अर्थ पनि लागू हुन्छ, बच्चाहरूले नै छुटिएका अभिभावकको राजनीतिक असन्तोषलाई बाहिर ल्याएर परिवर्तनको बाटो देखाउँछन्।

    यी अन्तर्राष्ट्रिय अनुभव र दार्शनिक भनाइहरूले तपाईंको लेखको मुख्य विचारलाई अझ मजबुत बनाउँछन् बच्चाको सानो "प्लिज" ले मतपत्रलाई भारी बनाउन सक्छ, र यो प्रक्रिया लोकतन्त्रको नयाँ, तलबाट माथि आउने रूप हो। यसले परिवारभित्रको संवादलाई बलियो बनाउँछ र राजनीतिलाई घरको बैठक कोठामा ल्याउँछ।

    यसले अभिभावकको भूमिकालाई पनि पुनःपरिभाषित गर्छ। अब अभिभावक केवल सिकाउने पात्र होइनन्; उनीहरू सिक्न पनि तयार हुनुपर्छ। बच्चाको कुरा सुन्नु भनेको आत्मसमर्पण होइन। त्यो समाज बदलिँदै गएको संकेतलाई बुझ्ने प्रयास हो। तर यसको अर्थ यो पनि होइन कि अभिभावकले आफ्नो विवेक पूर्ण रूपमा त्याग्नुपर्छ। प्रश्न केवल यत्ति हो कुन बिन्दुसम्म बच्चाको आग्रहलाई स्वीकार गर्ने, र कहाँ आफ्नै निर्णयमा अडिने?

    आज धेरै घरमा यही द्वन्द्व चलिरहेको छ। मन भन्छ आफ्नै सोच अनुसार भोट हालौँ। मनकै अर्को कुनाले भन्छ छोराछोरीको मन नदुखाऔँ। मतदान केन्द्र पुग्दा त्यो द्वन्द्व अझ तीव्र हुन्छ। घण्टी, सूर्य, रुख यी चिन्हहरू अब केवल राजनीतिक प्रतीक होइनन्; ती पारिवारिक सम्बन्ध, भावना र नैतिक दबाबसँग गाँसिएका छन्।

    सम्भवतः यही नै समकालीन नेपाली राजनीतिमा आएको सबैभन्दा रोचक मोड हो जहाँ राजनीतिक चेतना तलबाट माथि सर्दैछ, र घरभित्रै सत्ता सन्तुलन फेरिँदैछ। यो प्रक्रिया सही हो कि गलत भन्ने निर्णय इतिहासले गर्नेछ। तर अहिलेका लागि यत्ति स्पष्ट छ बालबालिकाको प्लिज ले हाम्रो राजनीतिक निर्णयलाई प्रश्न गरिरहेको छ, चुनौती दिइरहेको छ, र पुनर्विचार गर्न बाध्य बनाइरहेको छ।

    डिजिटल युगमा बच्चाहरूले नैतिक/भावनात्मक आधार (इमानदारी, नयाँपन, पुरानो नेताबाट दिक्क) मा राजनीति बुझाउँदा अभिभावकहरूले पनि "तर्कभन्दा बढी मन" लाई प्राथमिकता दिन सक्छन्। यसले राजनीतिक दलहरूलाई "परिवारको भावना" लाई सम्बोधन गर्न बाध्य बनाउँछ, जसले नयाँ प्रकारको चुनावी रणनीति (youth-friendly, anti-corruption messaging) ल्याउन सक्छ।मार्गरेट मीडको भनाइ जस्तै: युवाले अपरिचित दिशातर्फ पुराना पुस्तालाई लैजान सक्छन्।

    नेपाल जस्तो युवा जनसंख्या धेरै भएको देशमा reverse socialization ले राजनीतिक परिवर्तनको मुख्य इन्जिन बन्न सक्छ। २०३० सम्म आइपुग्दा धेरै परिवारमा बच्चा नै "राजनीतिक शिक्षक" बन्नेछन्, र मतपत्र साँच्चै "प्लिज" भन्दा भारी नहुन सक्छ, बरु दुवै मिलेर नयाँ सन्तुलन बनाउनेछन्।

    अन्ततः प्रश्न यही आइपुग्छ के अभिभावकहरूले आफ्ना छोराछोरीको इच्छाअनुसार भोट हाल्नेछन् ?  यसको उत्तर चुनावपछि मात्रै स्पष्ट हुनेछ। अभिभावकहरूको मतपत्र बच्चाको प्लिज भन्दा भारी हुन्छ कि हुँदैन यो अब समयले चाँडै देखाउनेछ।

    धन्यवाद।

    सरस्वती भण्डारी

    समाजशास्त्री

    • मंगलवार, फाल्गुन १९ २०८२०१:०१:११
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ