Logo

बुधवार, आश्विन २८ गते २०८३

अ

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र स्थगित, भोलि बिहान ९ बजे सुरु हुने

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र स्थगित, भोलि बिहान ९ बजे सुरु हुने


कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र स्थगित, भोलि बिहान ९ बजे सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले मंगलबार (पुस २९) बिहान ९ बजे बन्दसत्र पुनः सुरु हुने जानकारी दिए । उनले केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिएमा नेतृत्व परिवर्तनको कार्यविधि पारित भइसकेकाले त्यसै अनुरुप अघि बढ्ने जानकारी दिए । 

“सभापति र कार्यवाहक सभापति आएर विशेष महाधिवेशनको स्वामित्व लिनुभयो भने विशेष महाधिवेशनको हलले नेतृत्व परिवर्तन गर्ने कार्यविधि पारित गरिसकेको छ,” आचार्यले भने । 

विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले भने हलको मुड सभापति शेरबहादुर देउवा आउँदा पनि नेतृत्व कायम राख्ने नरहेको बताए । उनले महाधिवेशन प्रतिनिधिहरूले अपमानित महसुस गरेकाले सभापतिको सम्मान गर्ने मुडमा नरहेको बताए ।

“भोलिसम्म सभापतिसहित नेताहरू आएर विशेष महाधिवेशनको स्वामित्व लिनुभयो भने परिस्थिति अर्को बन्न सक्छ,” पोखरेलले भने, “तर, हलको मुड त्यो छैन । महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने निर्णयबाट अपमानित महसुस गर्नुभएको छ । उहाँहरू सजिलै मान्नुहुन्छ भन्ने देखिँदैन ।”

उनले भोलि बन्दसत्र सुरु हुँदा नेताहरू नआए प्रतिनिधिहरूलाई रोक्न नसकिने बताए । “नेताहरू आउनुभयो, स्वामित्व लिएर महाधिवेशन प्रतिनिधिहरूलाई आश्वस्त पार्नुभयो भने पार्नुभयो,” पोखरेलले भने, “बारबार के हुन्छ के हुन्छ भन्ने जवाफ मिडियालाई दिन सकिँदैन, भोलिदेखि नयाँ नेतृत्वको प्रक्रिया सुरु हुन्छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ