Logo

बुधवार, भाद्र ३१ गते २०८३

डाडाघरे साइली पछी ब्लकबस्टर बन्यो श्रीकृष्ण बम मल्लको तीजका गीत कस्ता हुन्थे सुन

डाडाघरे साइली पछी ब्लकबस्टर बन्यो श्रीकृष्ण बम मल्लको तीजका गीत कस्ता हुन्थे सुन


डाडाघरे साइली पछी ब्लकबस्टर बन्यो श्रीकृष्ण बम मल्लको तीजका गीत कस्ता हुन्थे सुन

काठमाडौं । नेपाली सांगितिक बजारको अब्बल संगीतकार हुन् संगीतकार श्रीकृष्ण बम मल्ल डाडाघरे साइली, लोभी आखा, बिधानाश ,निरमाया ठुली, मुटु भित्र ,आफु दुखि बनेर जस्ता कालजयी गीतका सर्जक यिनै श्रीकृष्ण बम मल्ल हुन् लोक दोहोरि होस् या सुगम संगीतमा हरेक क्षेत्रमा अब्बल मानिन्छन गायक, रचना, संगीत सबैमा श्रीकृष्ण अब्बल रहेको प्रमाणित गरिसकेका छन् ।

यिनै चर्चित सर्जकको संगीत तथा शब्द रचाना रहेको लक्ष्मी मल्लको आवाज रहेको गीत नारीहरुको माहान चाड हरितालिका तीजको अवसर पारेर बजारमा ल्याएको गीत तीजका गीत कस्ता हुन्थे सुन ! को चर्चा गर्दै छौ।

 "पारीबाट आएका
 ढाका टोपी लाएका
 तिनै होलान हाम्रा बाबा
लिन आएका"
यस्तै यस्तै मौलिक शब्द रचनाले भरिएको गीत तीजका गीत कस्ता हुन्थे सुन मा रहेको छ। सर्जक मल्लले  हामीले सानोमा हुदा हजुरआमा फुपुहरुले आमाहरुले गाउने तीजका मौलिक गीतहरुलाई संकलन गरी एउटा दमदार सिर्जना तयार गरेका हुन् ।

अत्यन्तै मिठास संगीतले भरिएको गीत तीजका गीत कस्ता हुन्थे सुन यस बर्सको तीजको नम्बर १ गित भन्दा फरक पर्दैन यो गीतको टिकटक नै ६ लाख भन्दा बढी बनेको छ । यथार्थमा भन्नुपर्दा भल्गर तीज गीत निकालेर भाइरल बन्ने प्रचलन बनिरहेको अवस्था नेपाली गीत संगीत बजारमा थियो हरेक बर्ष कुनै कुनै भल्गर तीज गीतले राम्रै बजारको स्थान पाउथ्यो तर यस बर्ष भने तेस्तो भएन  मौलिक गीतले पनि बजारमा राम्रो स्थान पाएको छ ।

तीज गीत र रत्यौली गीतमा फरक छ भन्ने संदेश यो गीतले दिएको छ ।  तीजका गीत कस्ता हुन्थ्ये सुनले भाइरल तीज गीत निकालेर हिट हुने कलाकार हरुलाई एउटा गतिलो झापड दिएको छ सर्जक श्री कृष्ण बम मल्ल आफैमा मौलिक सिर्जनाका ब्राण्ड भनेका छन्, उनका हरेक सिर्जनामा मौलिकता पाइन्छ वास्तबमै भन्नु पर्दा उनीमा मौलिकताको खानी छ भन्दा नि फरक पर्दैन । अहिले श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्ल सांगीतिक कार्यक्रमको लागी सांगीतिक जोडी अस्ट्रेलियामा भ्रमणमा छन् ।   

तीजका गीत कस्ता हुन्थे सुन को भिडियो पनि उत्कृष्ट निर्माण भएको छ शंकर बिसीले निर्देशन गरेको भिडियो मा लेजेन्ट  कलाकार मिथिला शर्मा ,करिश्मा ढकाल , मेलिना शाह ,एरोना मल्ल स्वयम सर्जक श्रीकृष्ण बम मल्लको पनि अभिनय रहेको छ भिडियोलाई दुर्गा पौडेल ले छायांकन गरेका छन्  भने सम्पादन मिलन बिश्वकर्माले गरेका छन्  श्रीकृष्ण बम मल्ल लक्ष्मी मल्ल को संयुक्त युटुब च्यानल मा भिडियोलाइ हेर्न सकिन्छ। 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३