काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलेको अभिव्यक्तिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जवाफ माग गरेको छ।
गृहमन्त्री लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा कांग्रेसले प्रधानमन्त्री दाहालसँग जवाफ माग गरेको हो।
आज जारी प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन्।
‘हुँदाहुँदा गृहमन्त्रीजीले यो संसद्मा सूचना बेच्ने मान्छे छ भन्नुभयो। त्यो भाषण गर्दा भाषण तयार गर्दैगर्दा तपाईँ त टेलिभिजनको प्रस्तोता मात्रै होइन, माननीय ज्यू। अब त त्यहाँ गएर बोलेका कुराको जिम्मेवारी पनि लिनुपर्छ,’थापाले भने, ‘गृहमन्त्री जसले जिम्मा पाएको छ उसले सदनमा सूचना बेच्ने मान्छे छ भने त्यो देशद्रोही हो। त्यसलाई सदनबाट निकाल्नेमात्रै होइन, देशद्रोहको मुद्दा लाउनुपर्छ, थुन्नुपर्छ भन्ने सिकाउने मान्छे पनि भएनछ।’
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण