Logo

सोमवार, आश्विन २६ गते २०८३

अ

नयाँ पार्टीमा नयाँ विचार छैन:ओली

नयाँ पार्टीमा नयाँ विचार छैन:ओली


नयाँ पार्टीमा नयाँ विचार छैन:ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विचार नभएको पार्टीका रुपमा चित्रण गरेका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पार्टी कुनै विचार नभएको पार्टी भएको बताए।

उनले विचारमा कुनै नयाँपन नरहेको बरु आफ्नो पार्टी नेकपा एमालेले गरेका कामहरु चोरी गर्ने काममा लागेको बताए। उनले चित्रकलाको प्रतिष्पर्धालाई उदाहरण बनाउँदै नयाँ भनिएकाहरु प्रतिष्पर्धामा आएको तर क्यान्भास खालि रहेको टिप्पणी गरे।अध्यक्ष ओलीले नयाँ पार्टीका प्रतिबद्धताहरु पनि उस्तै रहेको बताए। पुराना पार्टीहरुको विचार हेरेर नयाँ कोर्ने प्रयास गरिरहेको पनि उनको भनाइ थियो।

उनले भने, ‘नयाँ पार्टी विचारले नयाँ छैन। विचारमा केही पनि छैन। चित्रकलाको प्रतिष्पर्धात्मक चित्रकलामा प्रतिष्पर्धा गर्न उनीहरु आएका छन्। क्यान्भास खालि छ। खोई त तिमीहरुको चित्र भन्दा यी पुराना चित्रहरुको कुरा छोडिदिऔँ, हामीले नयाँ चित्र बनाउँछौँ। के बनाउँछन्? थाहा छैन, नयाँ चित्र बनाउँछौँ, क्यान्भास खालि छ। उनीहरुका प्रतिबद्धताहरु त्यस्तै हुन्।’

 
 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ