Logo

सोमवार, आश्विन २६ गते २०८३

अ

ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड, देउवा

ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड, देउवा


ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड, देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । सोमबार बिहान उनीहरू ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।

अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकहरू संसद्मा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र सभापति देउवा बालकोट गएका हुन् ।उनीहरूसँगै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुगेका छन् ।

विगत केही दिनदेखि संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।सभामुखले आइतबार बिहान पनि बालकोटमा बैठक बोलाएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ