Logo

मंगलवार, आश्विन २७ गते २०८३

अ

विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने एमालेको तयारी

विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने एमालेको तयारी


विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने एमालेको तयारी

काठमाडौँ- उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेकपा एमाले सरकारमा जाने भएकाे छ।

साेमबार बालकाेटमा बसेकाे एमालेका शीर्ष नेताहरूकाे छलफलले उपाध्यक्ष पाैडेलसहित सरकारमा जाने निर्णय गरेकाे पार्टी निकट स्राेतले जानकारी दिएकाे छ।पाैडेल यसअघि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे दुई पटककै सरकारमा अर्थमन्त्री भएका थिए।पार्टी अध्यक्ष ओली निकटका विश्वासमा पात्र मानिने पाैडेल उपप्रधानसहित अर्थमन्त्री बन्नेबारे छलफल भइरहेको स्राेतले जनाएकाे छ। यद्यपि मन्त्रायबारे निर्णय हुन बाँकी छ।

आइतबार कांग्रेससँगकाे गठबन्धन टाेडेर एमालेसहित ७ दलीय सत्तागठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेसँगै यतिबेला सरकारमा सहभागी दल मन्त्रालयकाे बाडफाँटमा तीव्र रूपले लागेका हुन्।पूर्वअर्थमन्त्री पौडेल रुपन्देही- २ बाट गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाकाे निर्वाचनमा निर्वाचित सांसद हुन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ