भारतमा बढ्दो कोरोना संक्रमण दरले जनजीवन प्रभावित पारिरहेको छ। यसको मारमा बलिउडका कलाकारहरु पनि परिरहेका छन्।
केही दिन अगाडि अर्जून कपूरलाई दोस्रो पटक कोरोना भाइरस संक्रमण भएको थियो। हाल भने ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खानलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।
उनलाई ओमिक्रोन भेरियन्टको संक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनी आफैले यस बारेमा जानकारी दिएकी हुन
।यो भन्दा अगाडि नायिका जाहान्वी कपूर, खुसी कपूर, इशा गुप्ता लगायतका कलाकारलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। यस्तै भारतकी सुप्रसिद्ध, दिग्गज गायिका लता मंगेशकरलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३