काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा 'आइसोलेसन'मा बसेका छन् । उनको भोलि पीसीआर परीक्षण गरिने भएको छ ।
गएको बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरिएको थियो । सो बैठकमा सहभागी केही नेताहरू कोरोना संक्रमित भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेको उनका स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।
उनी सरकारी निवासमै एकान्तवासमा बसेका हुन् । भोलि पीसीआर परीक्षण गरिने र त्यसको नतिजापछि थप निर्णय लिइने भानु देउवाले बताए ।सर्वदलीय बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमण देखिएपछि आइसोलेसनमा छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ