Logo

मंगलवार, आश्विन २७ गते २०८३

अ

एमाले अध्यक्षमा ओलीको पनि उम्मेदवारी दर्ता

एमाले अध्यक्षमा ओलीको पनि उम्मेदवारी दर्ता


एमाले अध्यक्षमा ओलीको पनि उम्मेदवारी दर्ता

१३ मंसिर, चितवन । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि उम्मेदवारी दिएका हुन् । ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । सर्वसम्मत अध्यक्ष बन्ने ओलीको तयारी थियो , तर रावलले अध्यक्षमा दाबी नछाडेपछि निर्वाचनमै जानु परेको हो ।

ओलीले आइतबार राति बन्दसत्रमा १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । पहिल्यै अध्यक्षमा दाबी प्रस्तुत गरेका रावलको नाम त्यो सूचीमा थिएन ।

प्रस्तावित पदाधिकारीको सूचीमा नपरेका घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावित सूचीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गराएपछि निर्वाचनमै जानुपर्ने भएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ