काठमाडौं । पार्टी विभाजन हुँदा तेस्रो धारमा उभिएका एमाले नेताहरु अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
नेताहरु अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताहरु ओली निवास बालकोट पुगेका हुन् ।उनीहरुबीच वार्ता जारी रहेको छ । उनीहरुले पार्टी विभाजनमा नेता माधव कुमार नेपाललाई साथ दिएनन् । पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई अल्टिमेटम पनि दिँदै आएका छन् । १० बुँदे माग पूरा नभए आफूहरुले विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ