काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका केही नेताहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यङ्ग्यात्मक अनुरोध गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले मन्त्री बनाउन किन विलम्ब गरेको भन्दै प्रश्न गरे ।
“सम्मानीयज्यू, मेरा पार्टीका केही मान्छेहरु केही पाउँला र खाउँला भनेर तपाईंका पछि कुदेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यू । मन्त्री दिनुस् न । किन विलम्ब गर्नुभएको ? हिरिक्क, हिरिक्क भएका छन् । विचराहरू ! मन्त्री खानका लागि प्लिज । पछिपछि कुदेका छन्, मन्त्री खान पाउँ भनेका छन् । चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् । मेरो दलमा अलिकति घाटा भए पनि सहुँला बुझौँला,” उनले भने ।
उनले देउवालाई बिन्ती गर्दै आफ्नाे पार्टीका नेतालाई मन्त्री बनाइदिन आग्रह गरेका थिए ।उनले माधव नेपाल पक्षीय नेताहरूलाई लक्षित गर्दै साे कुरा बताएका हुन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ