Logo

सोमवार, आश्विन २६ गते २०८३

अ

एमालेले गठन गर्‍यो ९ विभाग, स्कुल विभागकाे जिम्मेवारी ओलीलाई

एमालेले गठन गर्‍यो ९ विभाग, स्कुल विभागकाे जिम्मेवारी ओलीलाई


एमालेले गठन गर्‍यो ९ विभाग, स्कुल विभागकाे जिम्मेवारी ओलीलाई

काठमाडौं । नेकपा एमालेले ९ ओटा विभाग गठन गरेको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले विभिन्न नेताहरूको नेतृत्वमा ९ ओटा विभाग गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग बनाइएको छ । यस्तै, सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग विष्णु प्रसाद रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रवद्र्धन विभाग, पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग, राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग बनाइएको छ । यस्तै देवेन्द्र दाहालकाे नेतृत्वमा १४ सदस्यीय स्थानीय तह विभाग बनाइएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ