Logo

सोमवार, आश्विन २६ गते २०८३

अ

एक–दुई दिनमै एकीकरणको टुङ्गो लाग्छ, एमाले सङ्गठित भएर अघि बढ्छ : पृथ्वीसुब्बा गुरुङ

एक–दुई दिनमै एकीकरणको टुङ्गो लाग्छ, एमाले सङ्गठित भएर अघि बढ्छ : पृथ्वीसुब्बा गुरुङ


एक–दुई दिनमै एकीकरणको टुङ्गो लाग्छ, एमाले सङ्गठित भएर अघि बढ्छ : पृथ्वीसुब्बा गुरुङ

पाेखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन् ।

मदन भण्डारी फाउन्डेस कास्कीद्वारा आज पोखरामा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने बताए ।

“पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, “पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रत्यक्ष वार्ताको तयारी भएको छ ।”

नेकपा एमाले केन्द्रीय सचिवसमेत रहेका गुरुङले सङ्गठित पार्टी निर्माणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पार्टीको आगामी महाधिवेशनले अहिले देखिएका असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नेमा जोड दिए ।

रासस

कामना न्यूज

  • शुक्रवार, श्रावण १५ २०७८०६:३६:१२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ