Logo

मंगलवार, आश्विन २७ गते २०८३

अ

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु


एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेको आन्तरिक एकता कायम गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्यहरू कोटेश्‍वरस्थित नेपाल निवासमा छलफल गरेर फर्केपछि बैठक सुरु भएको हो ।

कार्यदलले आजै सहमति जुटाउने दाबी कार्यदल सदस्यहरूले गर्दै आएका छन् । स्रोतका अनुसार सहमतिको मस्यौदामा हस्ताक्षर गरेर आजै स्थायी समिति बैठकमा पेस गर्ने तयारी छ । वार्ता टोलीका एक सदस्यका अनुसार पार्टीको आन्तरिक विवाद समाधानका लागि ९ बुँदामा सहमति जुटिसकेको छ । 

पछिल्लो समय एमालेको पुनःमिलन शक्ति बाँडफाडमा रोकिएको छ । वरिष्ठ नेता नेपालले अध्यक्ष मागेपछि सहमति जुट्न नसकिरहेको नेताहरू बताउँछन् । 

यता नेता नेपालले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा गर्ने फैसलालाई प्रभावित पार्नेगरी कुनै सम्झौता नगर्ने बताएका छन् । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ