Logo

मंगलवार, आश्विन २७ गते २०८३

अ

ओली र नेपालबीच टेलिफोन संवाद

ओली र नेपालबीच टेलिफोन संवाद


ओली र नेपालबीच टेलिफोन संवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । बिहीबार साँझ दुई नेताबीच वार्ता भएको एमाले पार्टी कार्यालायका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
 
“पार्टी अध्यक्ष आफैंले प्रयत्न गर्नुभएको हो । पार्टीलाई एकताबद्ध बनाउने कुरामा उहाँले निरन्तर प्रयास गरिरहनु भएको छ । अध्यक्षले पार्टी एकताको पक्षमा भूमिका निभाइरहनु भएको छ । फोन वार्ता सुरु भएको छ । भेटवार्ताको सम्भावना छ । भेटवार्तका लागि प्रयास भइरहेको छ,” उनले भने । 

खनाल–नेपाल समूहको माग बमोजिम बैठक राखिएको र जेठ २ को केन्द्रीय कमिटीमा गइसकेपछि अड्को थाप्ने काम गर्न आवश्यक नरहेको उनको भनाइ छ । केन्द्रीय बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने उनले बताए । आजको बैठकमा खनाल–नेपाल समूहले नजाने निर्णय गरिसकेको छ । उक्त समूहका नेताहरु आजको बैठक सारेर सहमतिको आधारमा बैठक बोलाउन माग गरेका छन् । नेता सुरेन्द्र पाण्डेले आफूहरुले आजको बैठक सार्न प्रस्ताव राखेको जानकारी दिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ